भोजपुरको टक्सारमा आगलागी, लाखौँको धनमाल नष्ट

Nepal Cover
३ चैत्र २०८०, शनिबार
image

विराटनगर । भोजपुरको भोजपुर नगरपालिका–१२ टक्सार बजारका केही घरमा आगलागी भएको छ । आगलागी हुँदा त्यहाँका ६ घर जलेर नष्ट भएकाे छ ।

आगलागी हुँदा मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएको छ । हालसम्म आगो नियन्त्रणमा आउन सकेकाे छैन ।

आगो नियन्त्रणकाे लागि त्यहाँ नेपाली सेना, प्रहरी र स्थानीय खटिरहेकाे प्रहरीले बताएकाे छ ।