काठमाडौँ । बुटवलमा कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ। उनीहरुको कोरोना विषेश अस्थायी अस्पतालमा मृत्यु भएको हो।
मृत्यु हुनेमा उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तु नगरपालिका २ का ४२ वर्षीय कृष्णकुमार गुप्ता र २५ वर्षीय प्रदीप तेलीको रहेको अस्पताल जनाएको छ। गुप्ता साउन २५ र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए। गुप्ताको कोरोना पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी रहेको अस्पतालले जनाएको हो।
दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो। तेली भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए। उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो।