संघीय निजामती ऐन संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीहरू द्वरा ज्ञापनपत्र पेश

Nepal Cover
४ चैत्र २०८०, आईतवार
image

काठमाडौँ । स्थानीय तह कर्मचारी सेवा सञ्जालले संघीय निजामती सेवा विधेयकमा मा ७ वटा संशोधनहरू गर्न माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी लगायत राजनीतिक दलहरूलाई ज्ञापनपत्र बुझाएको छ ।

विधेयकमा मा ७ वटा संशोधनहरू गर्न माग गर्दै सञ्जालले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, काँग्रेस प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौलालगायतलाई ज्ञापनपत्र बुझाएको हो ।