बुधबार कोरोनाबाट ८ जनाको मृत्यु

  Sampatti News

August 12, 2020

काठमाडौँ । नेपालमा कोरोनाकाबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको पुष्टि गरेको हो।

बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको जनाएका हुन्।

उनका अनुसार मृत्यु हुनेमा काठमाडौँका ७८ वर्षीया महिला,, धादिङका ३२ वर्षीय पुरुष, जनकपुरका ७१ वर्षीय पुरुष र ३८ वर्षीया महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुष रहेका छन्।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ। त्यस्तै आज थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति:August 12, 2020