ग्लोबल बैंकको नयाँ शाखा कपनमा

Nepal Cover
२८ श्रावण २०७७, बुधबार
image

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यो शाखासहित ग्लोबल बैंकका देशभर शाखाकार्यालयहरु २ सय ५९ पुगेका छन्।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंङ्किङ सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा फैलिएको २ सय ५९ शाखा सञ्जाल सहित २ सय ३५ एटीएम, ४० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २ सय १८ शाखा रहित बैंङ्किङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत सेवा प्रदान गरेको छ।