पुनका सल्लाहकार गुरुङ १५ लाख धरौटीमा रिहा

Nepal Cover
५ चैत्र २०८०, सोमबार
image

काठमाडौं । सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन् ।

उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हुन् ।

उनी प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् । उनलाई सीआईबीले १४ फागुनमा पक्राउ गरेको थियो ।