मधेश सरकारमा एमाले सहभागी : सरोज यादवले लिए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी

Nepal Cover
५ चैत्र २०८०, सोमबार
image


जनकपुर । एमाले प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री पदको शपथ लिएका छन्।

सोमबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।

यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई हटाएर मुख्यमन्त्री सरोजकुमार यादवले एमालेका यादवलाई मन्त्री बनाएका हुन्।

मुख्यमन्त्री यादवले कांग्रेसका तीनै मन्त्रीलाई हटाएका हुन्।