१० दिनका लागि प्रतिनिधिसभा बैठक स्थगित, विदेश जाँदै सभामुखको टोली

  Sampatti News

March 20, 2024

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ। उनीहरू भोलि अर्थात चैत ८ गते त्यसतर्फ प्रस्थान गर्नेछन् भने चैत १६ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

सभामुखसहित दलका प्रमुख सचेतकहरू अन्तरव्यवस्थापिका संघ (आइपियू) को बैठकमा  सहभागी हुन स्वीट्जरल्याण्ड जाने भएपछि बैठक १० दिनका लागि स्थगित गरिएको हो।

सभामुख देवराज घिमिरे सहितको टोली स्वीट्जरल्याण्डको जेनेभा जाने कार्यक्रमका कारण झन्डै एक साता बढी संसद् बैठक स्थगित भएको हो । आगामी चैत १० गतेदेखि १४ गतेसम्म जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आइपीयू) को १४८ औँ सम्मेलनमा भाग लिन सभामुख घिमिरेसहित १० जनाको टोली त्यसतर्फ प्रस्थान गर्दैछन् । 

सभामुखको भ्रमण टोलीमा संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रियसभा सदस्य गंगा बेल्बासे, संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई भ्रमण टोलीमा रहेका छन् । 

 सभामखुसहित प्रमुख दलका प्रमुख सचेतकहरू पनि स्वीट्जरल्याण्ड जाने भएपछि संसद बैठक चैत १८ गतेसम्मका लागि स्थगित भएको हो।

प्रकाशित मिति:March 20, 2024