ग्रिनसिटीको कालो कर्तुत, आधाबाटोबाटै अपहरण हुन्छन् बिरामि

  Sampatti News

August 13, 2020

काठमाडौँ। पछिल्लो समय ग्रिनसिटी अस्पतालको विश्वसनियता हराउँदै गएको छ। अस्पतालको एक पछि अर्काे हर्कत क्रमशः बाहिरीएको छ। अहिले त ग्रिनसिटीले विरामीलाई मृत्यु सैयामा पुर्याउने अस्पतालको रुपमा परिचय नै बनाएको छ।

यसै पनि उपत्यकाको महँगो अस्पताल भनेर चिनिने ग्रिनसिटी अस्पतालका सञ्चालक लोक बहादुर टन्डन बजारमा आफ्नो संञ्जाल नै बनाएर चलाखि गरिरहेका छन्। सस्तोमा उपचार हुने हरेक अस्पताल र विशेष गरि सरकारी अस्पतालमा चालकलाई उनले आफ्नो कब्जामा राखेका छन्। यसरी उनले सस्तोमा तथा सरकारी अस्पतालमा आउने विरामीहरुलाई आफ्नो कमाउने हतियार बनाउने गरिको उनको सम्पर्क रहेको छ। यतिसम्मकी कतिपय एम्बुलेन्स चालकहरुले उनलाई नसोधि विरामी समेत नबोक्ने गरेको रहस्य खुल्न आएको छ। यसबापल उनले चालकहरुलाई मोटो रकम समेत दिने गरेका छन्। यसबापत उनीहरुले अलि हुने खाने परिवारका विरामी भए ग्रिन सिटीमा लग्ने गरेका छन्।

टन्डनको चलाखि यतिमात्र नभई अझ अर्को रहस्य भनेको काठमाडौं नजिकका छिमेकी जिल्लाहरुमा एम्बुलेन्स खरिद गरेर विचौलियाका रुपमा चालकहरु राखेका छन्। उनीहरुले ति जिल्लाहरुमा विरामी भेट्नासाथ सिधै ग्रिनसिटीमा ल्याउने गरेका छन्। एक प्रकारले भन्ने हो भने, ती जिल्लाहरुमा विरामी ल्यााउनका लागि ग्रिनसिटी अस्पतालले सिन्डिकेट नै लादेको छ भन्दा पनि फरक नपर्ने गरि टन्डनले सञ्जाल बनाएका छन्।

उनी सर्वसाधरणलाई त सहजै ठग्न सक्थे—सक्थे उनले कलाकार देव लामालाई समेत ठगेका छन्। कलाकार देव लामाको सम्बन्धमा सम्पूर्ण जाहेजेथा सिध्याएर उनको परिवार सडकमा पुग्ने अवस्था आउँदा पनि टन्डनले झुट बोलि बोलि उनलाई ठग्न छाडेनन्।

पीडित परिवारलाई मात्र नभई यस बारेमा समाचार लेख्ने सञ्चार माध्यमलाई पनि उनले धम्की तथा प्रलोभवनमा पारेर यो पिडादायी आवाज बाहिर आउन दिएनन्। लामा परिवारले ४२ लाख खर्च गरेको दाबी गरिरहेको अवस्थामा टन्डनले सिधैं अस्विकार गर्ने गरेका छन्। लामाका प्राप्त प्रमाणहरु अध्यायन गर्दा पनि लामा परिवार पीडित बनेको स्पष्ट देख्न सकिन्छ।

लोक बहादुर टन्डन सुरु देखि नै विवादित व्यवसायिक पृष्ठभूमी बनाएका व्यक्ति हुन्। जनताको अरर्वौ रकम ठगि प्रकरणमा मुछिएको ‘नेटवर्क कम्पनी युनिटी लाइफ’का लिडर समेत हुन्। युनिटीलाई सरकारले हस्तक्षेप गरेपश्चात उनी लामो समय फरार रहेका थिए। उनी कहिले नेपाल र कहिले भारत भौतारिदै लुक्ने समेत गरेका थिए तर पनि प्रहरीले उनलाई समातेरै छाड्यो। तरपनि, माथिल्लो निकायमा सेटिङ गर्न माहिर टन्डन १ करोड ५० लाख धरौटीमा रिहा भए।

जनतालाई सपना बाँडेर उठाएको त्यो रकमबाट उनी छुट्न त छुटे सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेपछि पुनःपक्राउ परे। त्यसपछि पनि उनी सेटिङ मिलाएर छुटे। उनले सञ्चालन गरेको ग्रिनसिटी अस्पताल हरेक समय विवादमा आइरन्छ। तर पनि जनतालाई लुटुन र मार्न छोडेको छैृन्। अहिले ग्रिनसिटी अस्पताल ठगि प्रकरण अर्थात बिरामीलाई बिल नदिई मोटो रकम अशुल्ने लुट र मृत्युको अखडा बनेको छ।

प्रकाशित मिति:August 13, 2020