मकवानपुरमा पहिरोः १ बेपत्ता, ४ गाडी पुरिए

  Sampatti News

August 14, 2020

काठमाडौँ । मकवानपुरमा पहिरो जाँदा १ जना बेपत्ता भएका छन् भने ४ गाडी पुरिएका छन् । जिल्लाको त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएका हुन् भने १ ओटा स्काभेटर र ३ वटा टिप्पर पुरिएका छन् ।

भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खस्दा खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेको बताए ।

ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन्। पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका थिए। उनी सम्पर्कविहीन भएपछि बेहोस भएकी उनको पत्नीलाई राति नै नौखण्डैस्थित स्वास्थ्यचौकी पुर्याएर उपचार गरिएको छ।

पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ। घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेको भए पनि उद्धार गर्न नसकेपछि राति अबेर फर्किएको थियो। अहिले बिहान प्रहरी घटनास्थल पुगिसकेको छ।

प्रकाशित मिति:August 14, 2020