March 21, 2024
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक निकायका कर्मचारीलाई बिदा वा काजमा रहेको बेला निर्णय प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको छ ।
बिदा वा काजमा रहँदा बैठकमा सहभागी हुनु कानुनको बर्खिलाप हुने मन्त्रालयको भनाई छ । साथै कार्यालय समयभन्दा बाहिर बैठक बसी भत्ता नलिन पनि मन्त्रालयको आदेश छ ।
अर्थ मन्त्रालयद्वारा जारी कार्यसञ्चालन निर्देशिका २०७७ मा एउटै निकायअन्तर्गतको कर्मचारीबीच बसेको बैठकमा भत्ता उपलब्ध नगराउने व्यवस्था गरेको छ ।
प्रकाशित मिति:March 21, 2024