कस्ताे छ डलरकाे भाउ ?

  Sampatti News

March 22, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज शुक्रबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार शुक्रबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ७४ पैसा र बिक्री दर १३३ रुपैया ३४ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६९ रुपैयाँ ७२ पैसा र बिक्री दर १७० रुपैयाँ ०८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४८ रुपैयाँ ६३ पैसा र बिक्री दर १४९ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६५ पैसा र बिक्री दर ८८ रुपैयाँ ०४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ७६ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ७८ पैसा र बिक्री दर ८ रुपैयाँ ८२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४४ पैसा र बिक्री दर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रकाशित मिति:March 22, 2024