कोरोना कहरकैबीच सचिव सहसचिवको भर्ना खुलाउने तयारीमा सरकार

Nepal Cover
३० श्रावण २०७७, शुक्रबार
image

काठमाडौँ । कोभिड–१९ को संक्रमण बढ्दो रहेपनि सरकारले भने विभिन्न निकायमा रिक्त रहेका सहसचिव र उपसचिवमा नयाँ भर्ना प्रक्रिया सुरु हुने संकेत देखिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकारका विभिन्न मन्त्रालय, निकाय, आयोग तथा सचिवालयमा रिक्त सहसचिव र उपसचिवको संख्या पठाउन बिहीबार पत्राचार गरेको छ। मन्त्रालयले आगामी १० भदौभित्र सबै रिक्त पदको विवरण पठाउन ती निकायलाई पत्राचार गरेको हो।

मन्त्रालयले पदपूर्ति प्रक्रियाका लागि रिक्त दरबन्दीको विवरण माग गरेकाले सहसचिव र उपसचिवमा लोकसेवा आयोगको वार्षिक क्यालेन्डरअनुसार नै परीक्षा हुन सक्ने देखिएको हो। मन्त्रालयका अनुसार हाल सबै निकायमा गरेर सहसचिवतर्फ अप्राविधिक (प्रशासन) तर्फ ५२ र प्राविधिक सेवा समूहमा ३० गरी ८२ बढी पद रिक्त छन्।

उपसचिवतर्फ दुवै सेवा समूहमा गरी २ सयभन्दा बढी पद रिक्त छ। जसमा प्रशासन सेवाको १ सय ३० र अप्राविधिक सेवाको ७० बढी पद रिक्त रहेको मन्त्रालयले जनाएको छ। दुुवै सेवा समूहमा गरी सहसचिवतर्फ ८२ र उपसचिवतर्फ २ सय जना गरी २ सय ८२ पदका लागि परीक्षा हुने देखिएको हो। यो समाचार आजको राजधानी दैनिकमा छ ।