सुन प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाड्ने तयारी

  Sampatti News

March 22, 2024

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख महरालाई कमजोर स्वास्थ्यका कारण छाड्न लागिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने भएको हो । नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सरकारी वकिलको कार्यालयको रोहबरमा महरालाई छाड्न लागिएको हो । उक्त प्रकरणमा महरामाथि छानबिन भने जारी रहने छ।

महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । स्वास्थ्य अवस्था कमजोर भएका कारण उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति:March 22, 2024