कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे

  Sampatti News

March 22, 2024

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको हो ।

महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो ।

महरालाई यही चैत ५ मा कपिलवस्तुमा पक्राउ परेका थिए । त्यसपछि काठमाडौं ल्याइएका उनलाई स्वास्थ्य स्थितिका कारण अस्पतालमा राख्न अदालतले आदेश दिएको थियो ।

प्रकाशित मिति:March 22, 2024