भरुवा बन्दुकसहित एक जना पक्राउ

Nepal Cover
९ चैत्र २०८०, शुक्रबार
image

पाल्पा । भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।  जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लीलाबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई बिहीबार बेलुकी भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। 

खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएका छन्।