सरकारले आफ्नो नाममा ल्यायो बाँसबारी छालाजुत्ता उद्योगको जग्गा

Nepal Cover
९ चैत्र २०८०, शुक्रबार
image

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा आफ्नो स्वामित्वमा ल्याएको छ । मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको छ।

शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो। 

‘हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा लगिएको बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय भएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो।

पछिल्लो समय गृहमन्त्री रवि लामिछानेले सिआइबीलाई उक्त जग्गा फिर्ता ल्याउन निर्देशन दिएको थियो। त्यसअनुसार सिआइबीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान भइरहेको थाहा पाएसँगै नेपाली कांग्रेसका सांसद विनोद चौधरी, उनका भाइ बसन्त लगायतले सरकारी वकिल कार्यालय काठमाडौंमा उपस्थित भएर बयान दिएका थिए।