आज पहाडी र हिमाली क्षेत्रमा होली मनाइँदै

  Sampatti News

March 24, 2024

काठमाडाै‌ । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली विशेषगरी पहाडी र हिमाली जिल्लाहरूमा मनाइँदै छ । तराई क्षेत्रमा भने फागु पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइने गरिन्छ ।

फागुन शुक्ल पूर्णिमाका दिन परम्परागत रुपमा विभिन्न रङ्ग र लोला खेली यो पर्व मनाउने गरिएको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकशिपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपू होलीकाले आगोमा दहन पार्न लाग्दा आँफै भष्म भएको दिनको रुपमा होली पर्व मनाउने गरिएको धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

काठमाडौँको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक रुपमा सुरुवात हुन्छ । हनुमान ढोकाको गद्दी बैठकमा तीन तले चीर ठड्याइन्छ अनि वसन्तपुरमा ध्वजासहित लिङ्गो गाड्दै फागु पर्वलाई स्वागत गरिन्छ ।

हाेली पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति:March 24, 2024