ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

  Sampatti News

March 25, 2024

धनगढी । अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

आज (सोमवार) बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामकाले जानकारी दिए ।

मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेको छ ।

प्राप्त जानकारी अनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।

प्रकाशित मिति:March 25, 2024