मेडिकल कलेजबारे सर्वोच्चको फैसलाप्रति डा केसीको असन्तुष्टि

Nepal Cover
१३ चैत्र २०८०, मंगलवार
image

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईँको मेडिकल कलेजबारे सर्वोच्च अदालतको सोमबारको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

डा केसीले गत मंसिर ३ गते  वीरगन्जस्थित नेशनल मेडिकल कलेजले गतवर्ष नियमविपरीत नेपालको प्रवेश परीक्षा उत्तीर्ण नगर्ने विद्यार्थीहरुलाई भर्ना गरेको उक्त फैसलाअनुसार सो भर्ना सदर भएको भन्दै असन्तुष्टि जनाएका हुन्। उनले सम्बन्धित नियमनकारी नियामक निकायको नियम विपरीत भर्ना गरेकोमा दण्डित हुनुपर्नेमा पुरस्कृत गरेको बताएका छन्।

उक्त फैसलाको हालसम्म संक्षिप्त रूप पनि नआएकाले यसबारे अनेक आशङ्का देखिएको भन्दै केसीले अराजकतालाई बल पुर्‍याउन सक्ने आशङ्का गरेका हुन् ।

सो फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गर्‍यो र (चिकित्सा शिक्षा) आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्नेछ र आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुनेछ’, केसीले मंगलबार एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘यही सन्दिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन ।उनले यसअघि नै चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नेलगायतका मागहरु राखेर हामीले पौष २ गतेसम्मको अल्टिमेटम दिएका छन्।

सोमबार सर्वोच्चका न्यायाधीश कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईँले आफ्नो बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश माग गर्दै दिएको रिट निवेदनमा रिट जारी हुने आदेश दिएको छ । यद्यपि फैसलाको संक्षिप्त लिखित रूप सार्वजनिक नभएकाले आदेशमा के लेखिएको छ भन्ने प्रष्ट छैन ।