२३ वटा निर्माण कम्पनी कालोसूचीमा

Nepal Cover
१४ चैत्र २०८०, बुधबार
image

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनी/ आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै चैत्र १३ गतेकाे निर्णयअनुसार १३ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ। ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

उक्त कम्पनीलाई तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।