आफ्नो भूमि आफ्नो माटो सम्झनामा………..

Nepal Cover
१४ चैत्र २०८०, बुधबार
image

आफ्नो भूमि आफ्नो माटो सम्झनामा राखेको छु        

यो देशको निम्ति दिएको बलिदानको सम्मान गर्छु

नेपाल राज्य एकताको कथा सुनाउँछु 

स्वतन्त्र राष्ट्र हो यो यसैमा खुसी छु 

नेपाल माताको जय भनेर सम्झँदै छु

यो देशको गौरवशाली झन्डा फहराउँदै छु

कति राम्रो देश छ मनै बाट खुसी छु 

यो देशलाई स्वर्ग जस्तै ठानेको छु

यो देश सिर्जना गर्न पुर्खाहरूको पसिना र रगत बगेको छ

नरुनु नेपाल आमा जित पक्का हाम्रो हुन्छ

मैले मेरो देशलाई देश ठानेको छु

सङ्घर्षका कथाहरू मन भित्र कोरेको छु

नेपाल आमाको सामु देशको रक्षाको लागि कसम खान्छु

आफ्नो भूमि आफ्नो माटो सम्झनामा राखेको छु