सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी डीआईजी‍मा सिफारिस

Nepal Cover
१६ चैत्र २०८०, शुक्रबार
image

काठमाडौँ। सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दीपक अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

चैत्र १५ बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरिएको हाे ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१)को (ख) बमोजिम डीआईजीमा बढुवा गरिएकाे सूचनामार्फत उल्लेख गरिएकाे छ ।

यो सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)हरुले ७ दिनभित्र उजुरी गर्न सक्ने सिफारिस समितिले जनाएको छ ।