काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै पत्रकार दिपक पाण्डे र अर्कि पत्रकार दुर्गा भण्डारीलाई प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त गर्नुभएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार काउन्सिलको सदस्यमा पाण्डे सहित अर्का पत्रकार भण्डारी पनि नियुक्त भएका हुन्।
काठमाडौमा रहेर पत्रकारिता गर्दै आएका पाण्डे प्रकाश साप्ताहिक देखि विभिन्न पत्रीका हुँदै हाल जनता टेलिभिजनमा कार्यरत छ्न। त्यस्तै पोखरामा लामो समय पत्रकारिता र पछिल्लो समय कानुन व्यवसायीका रुपमा स्थापित भण्डारी नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य र प्रेस चौतारी नेपालको केन्द्रिय कमिटीको सचिव समेत भैसकेकी भण्डारीले विभिन्न पत्रपत्रिकामा आर्टिक लेख्दै आएकी छन्।