रद्द गर्‍यो परीक्षा बोर्डले एसईईको अनुगमन अनुमतिपत्र (सुचनासहित)

Nepal Cover
१६ चैत्र २०८०, शुक्रबार
image

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका अनुगमन अनुमतिपत्र रद्द गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले एक विज्ञप्ति जारी गर्दै आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्ति विभिन्न परीक्षा केन्द्रहरूमा गएका कारण परीक्षा दिने विद्यार्थीको लेखन कार्यमा असुविधा भएको गुनासा आएकोले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको बोर्डले जनाएको छ ।