काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पछिल्लो समय नेपालमा भूसको आगो सरी फैलिएको छ । यसबाट विशेषत बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहमा जोखिम बढेको छ । उक्त जोखिमलाइ मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाको नीयमनकारी निकाय नेपाल राष्ट्र बैंकले सिमीत कर्मचारी तथा शाखा कार्यालय मार्फत पर्याप्त सुरक्षाका मापदण्ड अपनाउदै सेवा प्रदान गर्न संबन्धित संस्थाहरुलाइ निर्देशन दिइएको छ । सोही निर्देशन अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले गरिसकेका छन् । तर, राष्ट्रिय स्तरको विकास बैंकमा राम्रै ख्याति कमाएको महालक्ष्मी विकाश बैंक भने यस विपरीत संक्रमणलाइ बेवास्ता गर्दै यथावत रुपमै बैंक सञ्चालन गरेको छ। यसबाट सोही बैंकका कर्मचारीहरुमा संक्रमणको जोखिम बढ्नुका साथै मानसीक तनाबको सिकार हुन पुगेका छन् ।
बैंकको पुतली सडक स्थित शाखा कार्यलयमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमाण पुष्टि भैसक्दा पनि पर्याप्त साबधानी अपनाइएको छैन।
त्यस्तै काठमाण्डौ महानगरपालीका अन्र्तगत विभिन्न क्षेत्रमा कोरोना भाइरस संक्रमण पश्चात स्थानिय सरकारले शिल गरी सम्पूर्ण व्यापार व्यावसाय बन्द गरीको र उक्त क्षेत्रमा अवस्थीत बैंक तथा वित्तीय संस्थाहरुले सिमित कर्मचारी र आलोपालो प्रणालीमा शाखा कार्यालय संचालन गरेता पनि महालक्ष्मी विकास बैंक भने यस विपरीत उभिएको छ ।
संक्रमित क्षेत्रमा अबस्थित महालक्ष्मी विकास बैंकको शाखा कार्यालयले केन्द्रिय कार्यालय समक्ष शाखा यथावत् रुपमा संचालन गर्न नसक्ने भन्दा तलब भत्ता पनि दिन नसकीने भनि उच्च व्यवस्थापन बाट आएको ठाडो जबाफले कर्मचारीहरु झस्किएका छन् ।
त्यसो त सम्बन्ध स्रोतका अनुसार भाद्र १ गतेको आन्तरिक सर्कुलरले कर्मचारीहरुमा नैरास्यता उत्पन्न गराएको त छ नै सम्बन्धित नियमनकारी निकाय र सरकारको निर्देशनको समेत ठाडो उल्लङ्घन गर्दै कुनै पनि हालतमा सम्पूर्ण शाखा कार्यलयहरुलाइ जस्तो सुकै परिस्थितीमा पनि अनिवार्य रुपमा शाखा संचालन गर्नु भन्ने बाध्यत्मक व्यबस्ता लादिएको पाइको छ ।