प्रस्तावित महालेखापरीक्षकको संसदीय सुनुवाइ प्रक्रिया अघि ढाउन बैठक बस्दै

  Sampatti News

April 1, 2024

प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बैठक बिहान १०ः३० बजे बोलाइएको छ ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो ।

महालेखापरीक्षकमा सिफारिस भएका राय राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव हुन् । यसअघि राय अर्थ सचिव थिए ।

प्रकाशित मिति:April 1, 2024