प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  Sampatti News

April 1, 2024

संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

संसद् सचिवालयका अनुसार आज संसद बैठकमा शून्य र विशेष समयका अतिरिक्त सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

यस्तै, आजको बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद महासचिव पद्य प्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति:April 1, 2024