कस्ताे रहला आज दिनभरकाे माैसम ?

  Sampatti News

April 3, 2024

काठमाडाै । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहनेछ।

त्यसैगरी कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति:April 3, 2024