नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

  Sampatti News

April 3, 2024

नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ । हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर-गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय नभएपछि आज पनि बस्ने भएको हाे ।

उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन आज बैठक बस्न लागेको हो ।

सभापति देउवाले बैठकमा इलाम-२ मा डम्बर खड्का र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए । सभापति देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुङ्गो लाग्न सकेको थिएन ।

प्रकाशित मिति:April 3, 2024