यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

April 4, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया २० पैसा र बिक्री दर १३३ रुपैया ८० पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ६० पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ३३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७८ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ १५ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ५९ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ७८ पैसा र बिक्री दर ८ रुपैयाँ ८२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४१ पैसा र बिक्री दर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रकाशित मिति:April 4, 2024