कस्ताे रहला आज दिनभरकाे माैसम ?

Nepal Cover
२२ चैत्र २०८०, बिहीबार
image

काठमाडाै । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको जल तथा माैसम विज्ञान विभाग, माैमस पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने छ। दिउँसो देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।