कोराना संक्रमणबाट थप एक जनाको मृत्यु

  Sampatti News

August 19, 2020

धरान। कोरोना संक्रमणाबाट थप एक जनाको मृत्यु भएको छ। मोरङको बुढिगंगा गाँउपालिका—२ की ६७ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। उनको वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएराति निधन भएको हो।

मृत्यु भएकी महिला मंगलबार बिहान २ बजे वीपी प्रतिष्ठानकामा भर्ना भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। अत्याधिक ज्वरो र खोकी लाग्नका साथै श्वास प्रस्वासमा समेत गम्भीर समस्या भएका कारण उनको मृत्यु भएको डा.सापकोटाले बताए।

मृतक महिला विगत लामो समयदेखि मुटु समस्याको दीर्घ रोगी भएको डा। सापकोटाले बताए। मृतकको शव व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए।

प्रकाशित मिति:August 19, 2020