प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय

  Sampatti News Online

April 4, 2024

काठमाडौँ । राप्रपाले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ।

बुधबार बसेको पार्टी पदाधिकारी तथा शीर्ष नेताको बैठकले प्रदेशहरुमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको पार्टीका एक शीर्ष नेताले जानकारी दिए।

‘सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने पार्टीले निर्णय गरेको हो ।

प्राप्त जानकारी अनुसार राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्ने भने पनि सत्ता गठबन्धनबाहिरको दललाई समर्थन गर्ने वा नगर्नेबारे भने राप्रपाले स्पष्ट भइसकेको छैन।

प्रकाशित मिति:April 4, 2024