पुर्ब सचिब दाहाल राजस्व बोर्ड को अध्यक्षमा नियुक्त

  Sampatti News

August 19, 2020

काठमाडौँ । एउटा काबिल ब्याक्तित्व जो अर्थ मन्त्रालय अन्तर्गतका सबै निकायमा बसि गहकिलो ब्यबहारिक अनुभवले समेत खारिएका पुर्ब सचिब महेश दाहाल लाई सरकारले राजस्व बोर्डको अध्यक्ष नियुक्त गरेको छ। उहाँ सालिन र एक बौद्धिक ब्याक्तित्व मात्र नभएर सुशासन प्रत्याभूत गराउने प्रशासकका रूपमा चिनिनुहुन्छ। व्यवसायीहरुले हरेक वर्ष बजेट सुझावमा राजस्व बोर्ड गठनको माग गर्दे आईरहेका थिए । राजस्व सम्बन्धि विवादको लागि राजस्व बोर्ड गठन गर्नुपर्ने माग व्यवसायीको थियो। सोही मागको सम्बोधन गर्दै लामो समयपछि सरकारले राजस्व बोर्ड गठन गरेको हो ।

त्यसको अध्यक्षमा पूर्वसचिव महेश दाहाललाई नियुक्त गरे पस्चात धेरै सरोकारवालाहरुले खुशी व्यक्त गरेका छन्। उपयुक्त ब्यक्ति उपयुक्त स्थानमा चयन भएकाले यस क्षेत्रमा सुधारका काम हुने बिश्वास व्यक्त गरिएको छ। त्यसै गरि बोर्डको सदस्यको रुपमा राजस्वअनुसन्धान बिभागका पुर्ब महानिर्देशक एब अर्थ मन्त्रालयमा बजेट महाशाखामा प्रमुख का रुपमा भुमिका निर्वाह गरि सक्नु भएका पूर्वसहसचिव निर्मलहरि अधिकारी छन् ।

मन्त्रीपरिषद्को बैठकले राजस्व बोर्डको अध्यक्षमा दाहाल र सदस्यमा अधिकारीलाई नियुक्त गरिएको जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ। ।अनुभवहिनहरुलाइ राजस्व फरसोट समितिमा राख्नाले केहि समय अगाडि भए गरेका कामहरु बिबादास्पद भएका थिए।
पछिल्लो समय गठन भएको आयोग अत्याधिक विवादमा परेपछि यसको विरुद्द आयोगका सदस्यहरुलाई अख्तियारले समेत मुद्दा चलाएको थियो। नयाँ यस बोर्डमा अध्यक्ष दाहालको कमान्डले प्रभाबकारी ढङ्गले काम गर्नुहुनेमा सरोकारवालाहरु बिश्वस्त देखिन्छन् ।

प्रकाशित मिति:August 19, 2020