उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज

  Sampatti News

April 6, 2024

काठमाडाै । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने निर्वाचन आयोगले जनाएकाे छ ।

निर्वाचन आयोगका अनुसार आजै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने छ। उम्मेदवारको विरोधमा उजुरी दिनुपरेमा भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति:April 6, 2024