कस्तो छ आजको मौसम पूर्वानुमान ?

Nepal Cover
२५ चैत्र २०८०, आईतवार
image

काठमाडाै‌ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसकाे प्रभावलेअहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको छ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी साथै मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागका तराईका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।