प्रचण्ड आज चितवन जाँदै

  Sampatti News

April 7, 2024

काठमाडाै । प्रधानमन्त्री एव‌ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् ।

बिहान ११ बजे प्रधानमन्त्री चितवन जाने कार्यक्रम छ । भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेका हुन् ।

प्रधानमन्त्रीले भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति:April 7, 2024