डलरकाे भाउ स्थिर

  Sampatti News

April 8, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ९८ पैसा र बिक्री दर १३३ रुपैया ५८ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ११ पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १६८ रुपैयाँ ८२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ४९ पैसा र बिक्री दर १४८ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४९ पैसा र बिक्री दर ८७ रुपैयाँ ८८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ३० पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ७७ पैसा र बिक्री दर ८ रुपैयाँ ८१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३८ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रकाशित मिति:April 8, 2024