धितोपत्र बोर्डकाे अध्यक्षमा पाँच जनाको नाम छनाेट

  Sampatti News

April 8, 2024

काठमाडाै । लामाे समयदेखि रिक्त नेपाल धितोपत्र बोर्डमा पाँच जनाको नाम छनाेट भएको छ । छनाेटमा परेकाहरुमा कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ छनाेटमा परेका हुन् ।

कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।

अध्यक्षबाट रमेश हमाल बाहिरिएपछि बोर्ड सञ्चालक समितिमा अध्यक्षका लागि आवेदन मागेको थियो ।

प्रकाशित मिति:April 8, 2024