आयोगले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने

  Sampatti News Online

April 8, 2024

काठमाडौं । आगामी वैशख १५ गते हुने उपनिर्वाचनका लागि आज सोमबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। यस्तै आजै साँझ उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ।

आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो। अपराह्न ३ बजेपछि सोमबार अपराह्न ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ। तर इलाम र बझाङका निर्वाचन कार्यालयका अनुसार निर्धारित समयभित्र कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेन।

आयोगले उम्मेदवारलाई भोली मंगलबार (२७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ । आयोगले मंगलबार दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आयोगले २०८१ वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१) प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति:April 8, 2024