जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवारी दुर्घटनामा घाइते

  Sampatti News Online

April 8, 2024

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खान सवार गाडी दुर्घटना भएको छ। पूर्व खानेपानी मन्त्री एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्षसमेत रहेका खान काठमाडौँदेखि बर्दिया जाने क्रममा आज बिहान धादिङको रोराङ गाउँपालिका ७ स्थित कृष्णभिरमा दुर्घटनामा परेको स्वकीय सचिव ई अतिउल्लाह मुसलमानले जानकारी दिए । खानलाई दुर्घटना स्थलबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

प्रकाशित मिति:April 8, 2024