संसद अवरुद्ध हुन नदिन सभामुख घिमिरेले नेताहरुसँग परामर्श गर्नुहुँदै

Nepal Cover
२६ चैत्र २०८०, सोमबार
image

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्दै हुनुहुन्छ । आज दिउँसो २ बजे सिंहदरवारमा बोलाइएको बैठकमा नेताहरुसँग परामर्श हुने सभामुखको सचिवालयले जनाएको छ । 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दैआएको छ । सो माग पूरा नभए चैत २७ देखि संसद बैठक अबरुद्ध गर्ने चेतावनी सो दलले दिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्दै हुनुहुन्छ । आज दिउँसो २ बजे सिंहदरवारमा बोलाइएको बैठकमा नेताहरुसँग परामर्श हुने सभामुखको सचिवालयले जनाएको छ । 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दैआएको छ । सो माग पूरा नभए चैत २७ देखि संसद बैठक अबरुद्ध गर्ने चेतावनी सो दलले दिएको छ ।