भोलि देशभर सार्वजनिक बिदा

  Sampatti News Online

April 10, 2024

काठमाडौं । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र (इद) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले आज बुधबार सूचना जारी गर्दै भोलि (बिहीबार) इस्लाम धर्माबलम्बीहरूले मनाउने ईदको अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएका हुन्।

प्रकाशित मिति:April 10, 2024