पिएसजीमाथि बार्सिलोनाको शानदार जित

  Sampatti News Online

April 11, 2024

काठमाडौँ । युइएफए च्याम्पिन्यस लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई पहिलो लेगमा ३–२ गोल अन्तरले पराजित गरेको हो । 

बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज क्रिस्टियनसेनले एक गोल गरेका थिए। त्यसैगरी पिएसजीका लागि ओसुमान डेम्बेले र भिटिन्हाले एक एक गोल गरेका थिए।

यो जितपछि बार्सिलोनाले पहिलो लिगमा ३-२ को अग्रता लिएको छ। अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १७ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ।

प्रकाशित मिति:April 11, 2024