सिन्धुलीमा एनसेल टावरमा कुकर बम विस्फोट

  Sampatti News Online

April 11, 2024

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएको छ । गएराति साढे १ बजेतिर कुकर बम विस्फोट भएको हो ।

विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विनोद शर्माले जानकारी दिए । विष्फोटका कारण टावरको विद्युतीय तारलगायत उपकरणमा समान्य क्षति भएकाले टेलिकम सेवामा भने असर नभएको प्रहरीले जनाएको छ ।

विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको एसपी शर्माले बताए । विस्फोट गर्नेहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।

यसअघि २ चैतमा पनि सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा विस्फोट भएको थियो ।

प्रकाशित मिति:April 11, 2024