राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्ति भइसक्यो : अध्यक्ष लिङ्देन

Nepal Cover
३० चैत्र २०८०, शुक्रबार
image

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

सरकारलाई ४० बुँदे माग राखेर मंगलबार काठमाडौंमा राप्रपाले गरेको विरोध प्रदर्शन समग्रमा सफल भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा हालै काठमाडौँ केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको छ।

बैठकको सुरुआत गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही घाइते हुने दुखद घटना भए पनि समग्रमा प्रदर्शन सफल भएको भएको ब्रिफिङ गरेका छन्।

पार्टी र एजेन्डाको पक्षमा सकारात्मक सन्देश गएको र राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रूपमा स्थापित भएको जिकिर उनले गरे।