तीन मन्त्रालयका सचिव हेरफेर

  Sampatti News

April 13, 2024

सरकारले तीन मन्त्रालयका सचिव हेरफेर गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन, युवा तथा खेलकुद र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव हेरफेर गरेको हो ।

सामान्य प्रशासनमा मुकुन्द निरौलाको सरुवा भएको छ । उनी उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए । सामान्यका विनोद प्रकाश सिंहको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।

त्यस्तै महिला मन्त्रालयमा प्रधानमन्त्री कार्यालयमा कार्यरत दिनेश भट्टराईलाई पठाइएको छ।

प्रकाशित मिति:April 13, 2024