कांग्रेसले संसदीय दलको बैठक बस्दै

Nepal Cover
२ बैशाख २०८१, आईतवार
image

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ । बैठक आजै बिहान ८ः०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ ।

आज बस्ने बैठकमा प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै समसामयिक विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।