२०८१ जनालाई सीपमूलक तालिम दिने प्रमुखकाे घोषणा

  Sampatti News Online

April 14, 2024

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका छन् ।

आइतबार आफ्नो फेसबुक पेजमार्फत २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन । प्रमुख शाहका अनुसार यो तालिम महानगरमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने महानगरवासीहरू, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, अपाङ्गता भएका व्यक्ति र हिजोका दिनमा गैरकानुनी रूपमा फुटपाथ, सडक र ठेला व्यवसाय गर्ने व्यक्तिहरूलाई लक्षित गरेर आयोजना गरिने छ ।

रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि गौरवको योजना अन्तर्गत २०८१ जनालाई रोजगारी दिने उद्देश्यले काठमाडौँको टुडिखेलमा तालिम कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए ।

तालिममा सम्पूर्ण नेपाली नागरिक सहभागी हुन सक्ने र सहभागी हुन इच्छुक व्यक्तिहरूले २०८१ वैशाख १५ गतेभित्र तोकिएका कागजात र विवरण अपलोड गरेर आवेदन दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति:April 14, 2024